Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
अटो

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयरधनीहरुको यसपालि हात खाली

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयरधनीहरुको यसपालि हात खाली

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयरधनीहरुको यसपालि हात खाली

काठमाडौं , पुस २९। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।

पुस २९ गते आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । बैठकले आव २०७९/८० को वित्तीय विवरण पारित गर्दै कायम रहेको वितरणयोग्य मूनाफा नबाँडी सञ्चित गर्ने जनाएको छ । सोही निर्णय नेपाल बीमा प्राधिकरण समक्ष पेश गरि साधारणसभा स्वीकृतिका लैजाने पनि कम्पनीले जनाएको छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन । इन्स्योरेन्सले आव २०७७/७८ मा ७.३७ प्रतिशत र आव २०७८/७९ मा पनि समान ६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित समाचार