Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

यामाहा नेपालको ‘ब्लु सर्ज–पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिटका लागि डिलर तथा साझेदारहरू थाइल्यान्ड प्रस्थान

यामाहा नेपालको ‘ब्लु सर्ज–पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिटका लागि डिलर तथा साझेदारहरू थाइल्यान्ड प्रस्थान

अर्थ प्लस
यामाहा नेपालको ‘ब्लु सर्ज–पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिटका लागि डिलर तथा साझेदारहरू थाइल्यान्ड प्रस्थान

काठमाडौँ / यामाहा नेपालको आयोजनामा थाइल्यान्डको पटायामा हुने ‘ब्लु सर्ज–पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन यामाहा नेपालका देशभरका डिलर तथा साझेदारहरू मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन्।

जुलाई २७ देखि ३१ सम्म सञ्चालन हुने कार्यक्रममा देशभरका यामाहा साझेदारहरूलाई एउटै मञ्चमा ल्याई अनुभव आदानप्रदान, सिकाइ तथा आगामी रणनीतिबारे साझा दृष्टिकोण विकास गर्ने उद्देश्य राखिएको कम्पनीले जनाएको छ। यामाहा नेपालको नेटवर्कका लागि यो अहिलेसम्मकै महत्वपूर्ण कार्यक्रममध्ये एक मानिएको छ।

कार्यक्रममा एमएडब्लु राइड्स प्रालिका अध्यक्ष विष्णुकुमार अग्रवाल पनि यामाहा नेपाल टोलीसँगै सहभागी भएका छन्। कम्पनीका अनुसार उनको सहभागिताले यामाहा नेपाल र देशभरका डिलरबीचको दीर्घकालीन साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

पार्टनर्स मिटमा यामाहा मोटरका अध्यक्ष हाजिमे आओटाको पनि विशेष उपस्थिति रहनेछ। यसले नेपाली साझेदारहरूलाई यामाहाको विश्वव्यापी नेतृत्वसँग प्रत्यक्ष संवाद गर्ने तथा कम्पनीको भावी रणनीति र योजनाबारे जानकारी लिने अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ।

‘ब्लु सर्ज–पावरिङ अहेड टुगेदर’ नारासहित आयोजना गरिएको कार्यक्रममा उत्कृष्ट साझेदारहरूको योगदानको सम्मान गरिनुका साथै आगामी वर्षका व्यावसायिक लक्ष्य र सहकार्यका नयाँ योजनाबारे पनि छलफल हुने जनाइएको छ।

यामाहा नेपालले यस्ता कार्यक्रमले डिलर नेटवर्कसँगको सम्बन्ध थप सुदृढ बनाउनुका साथै ब्रान्डको दीर्घकालीन विकास र देशव्यापी उपस्थितिलाई अझ प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार