Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

पाल्पा सिमेन्टको आईपीओ आवेदन म्याद थप

पाल्पा सिमेन्टको आईपीओ आवेदन म्याद थप

अर्थ प्लस
पाल्पा सिमेन्टको आईपीओ आवेदन म्याद थप

काठमाण्डौ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले उद्योग तथा खानी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरिएको आईपीओमा आवेदन दिने समयावधि थप गरेको छ। कम्पनीले पुस २५ गतेदेखि सुरु भएको आईपीओमा माघ ९ गतेसम्म आवेदन दिने समय तोकेको थियो। तर लुम्बिनी प्रदेशमा बसन्त पञ्चमीको सार्वजनिक बिदा परेको कारण स्थानीय बासिन्दाको मागअनुसार आवेदन म्याद माघ ११ गतेसम्म बढाइएको हो।

नेपाल धितोपत्र बोर्डले गत पुस ९ गते कम्पनीलाई ७५ करोड रुपैयाँबराबरको ७५ लाख कित्ता साधारण सेयर (रु. १०० अंकित दरमा) निष्कासन गर्न अनुमति दिएको थियो। पहिलो चरणमा पश्चिम नवलपरासी र पाल्पा जिल्लाका उद्योग तथा खानी प्रभावित क्षेत्रका बासिन्दाका लागि ५ प्रतिशत अर्थात् १८ लाख ७५ हजार कित्ता सेयर बिक्री वितरण भइरहेको छ। साथै, १० प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि सार्वजनिक निष्कासन गरिएको छ।

उद्योग प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन नबिल बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकका विभिन्न शाखाबाट दिन सकिनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ। पहिलो चरण सम्पन्न भएपछि पाल्पा सिमेन्टले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ।

सम्बन्धित समाचार