Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

भुजुङ हाइड्रोपावरको आइपिओ आजदेखि सर्वसाधारणका लागि खुला

भुजुङ हाइड्रोपावरको आइपिओ आजदेखि सर्वसाधारणका लागि खुला

अर्थ प्लस
भुजुङ हाइड्रोपावरको आइपिओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौँ / भुजुङ हाईड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ ।

कम्पनीले यस चरणमा कुल ८ लाख ३० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गरेको हो । जसमध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि र २० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ । 

बाँकी कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम् १० कित्ता र अधिकतम् ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

आवेदन नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुरूबाट दिन सकिनेछ । साथै, ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध छ ।

यो आइपिओ निष्कासन छिटोमा माघ १५ गते र ढिलोमा माघ २६ गते बन्द हुने कम्पनीले जनाएको छ । आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले सम्हालेको छ ।

कम्पनीले यसअघि मंसिर ११ गते नेपाल धितोपत्र बोर्डबाट २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो । 

सोही अनुमतिअन्तर्गत पहिलो चरणमा कम्पनीले पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको थियो ।

पहिलो चरणको आइपिओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो ।

सम्बन्धित समाचार