Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

५१ अर्ब राजस्व संकलन गर्दै लक्ष्य भेटाउने प्रयासमा भैरहवा भन्सार

५१ अर्ब राजस्व संकलन गर्दै लक्ष्य भेटाउने प्रयासमा भैरहवा भन्सार

अर्थ प्लस
५१ अर्ब राजस्व संकलन गर्दै लक्ष्य भेटाउने प्रयासमा भैरहवा भन्सार

काठमाडौं -भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को ६ महिनामा ५० अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको ९१.६१ प्रतिशत हो । भन्सार विभागले पुस मसान्तसम्म ५५ अर्ब ५४ करोड राजस्व संकलनको लक्ष्य दिएको थियो । यो लक्ष्यभन्दा केही कम राजस्व संकलन हो ।

अघिल्लो आवको सोही अवधिको तुलनामा चालु वर्षको पुस मसान्तसम्म राजस्व संकलन १०.५३ प्रतिशत बढेको छ । आव २०८१–८२ को पुस मसान्तसम्म ४६ अर्ब ३ करोड राजस्व संकलन भएकोमा यो वर्ष साढे ४ अर्ब ८५ करोड बढी संकलन भएको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी उद्धव ढुंगानाले आयात बढ्दा संकलित राजस्व पनि बढेको हुन सक्ने बताए ।

सम्बन्धित समाचार