Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

खुद ब्याज आम्दानी र इम्पेयरमेन्ट चार्ज घट्दा आशा लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

खुद ब्याज आम्दानी र इम्पेयरमेन्ट चार्ज घट्दा आशा लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

अर्थ प्लस
खुद ब्याज आम्दानी र इम्पेयरमेन्ट चार्ज घट्दा आशा लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १२ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ४३१.५४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिसम्म संस्थाले २ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो।

संस्थाको नाफा वृद्धि मुख्यत: खुद ब्याज आम्दानी बढ्नु (१३.९२% वृद्धि) र इम्पेयरमेन्ट चार्ज घट्नुका कारण भएको हो। यस अवधिसम्म खुद ब्याज आम्दानी ३८ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने इम्पेयरमेन्ट चार्ज १३ करोड ८ लाखबाट घटेर ७ करोड ९२ लाखमा सीमित भएको छ।

खुद शुल्क तथा कमिशन आम्दानी पनि ४ करोड ९४ लाखबाट बढेर ६ करोड ४० लाख पुगेको छ। रिटेन्ड अर्निङ १ करोड १ लाखबाट १२ करोड १७ लाखमा उक्लिएको छ भने रिजर्भ ३४ करोड १३ लाखबाट बढेर ३४ करोड ४४ लाखमा पुगेको छ।

निक्षेप संकलन २ अर्ब ९८ करोडबाट बढेर ३ अर्ब ५५ करोड पुगेको छ भने कर्जा प्रवाह ९ अर्ब ८६ करोडबाट बढेर १० अर्ब ८० करोडमा पुगेको छ। तर, खराब कर्जा अनुपात भने ४.९२% बाट बढेर १०.१५% मा पुगेको छ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (EPS) ३१.२९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५८.०८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य १,४६२.९३ रुपैयाँ, मूल्य–आम्दानी अनुपात ३७.२३ गुणा र तरलता अनुपात ७.४६% कायम भएको छ।

सम्बन्धित समाचार