काठमाडाैं। सुपर खुदी हाइड्रोपावरले आगामी फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि कुल १२ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो।
यसअघि स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बाँडफाँट गरिसकेको कम्पनीले यस पटक कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको सेयर निष्कासन गर्न लागेको हो।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्। यो निष्कासन छिटोमा फागुन १० गते र ढिलोमा फागुन १९ गतेसम्म बन्द हुनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
