Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
अटो

बन्दीपुर केबलकारको साधारणसभा सम्पन्न, आइपिओ जारी गर्ने

बन्दीपुर केबलकारको साधारणसभा सम्पन्न, आइपिओ जारी गर्ने

बन्दीपुर केबलकारको साधारणसभा सम्पन्न, आइपिओ जारी गर्ने

काठमाडौं। बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

कम्पनीले पुस २८ गते शनिबार कम्पनीकै परियोजना प्राङ्गणस्थित बटम स्टेशन केबलकार चोकमा साधारणसभा सम्पन्न गरेको हो । साधारणसभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पारित गरिएको छ ।

यसैगरी कम्पनीले सर्वसाधारणका लागि प्राथमिक निष्कासन गर्न प्रक्रिया पनि अघि बढाउने भएको छ । कम्पनीको जारी पुँजीको १२% अर्थात् ३० करोड ६० लाख रुपैयाँ बरावरको ३० लाख ६० हजार कित्ता साधारण सेयरको प्रारम्भिक निष्काशन गर्न लागिएको जनाइएको छ । सेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक र प्रचलित धितोपत्र सम्बन्धी कानुन बमोजिम सेयर रजिष्ट्रारको रुपमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेडलाई कम्पनीले नियुक्त गरेको छ ।

सम्बन्धित समाचार