Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सात महिनामा पुँजीगत खर्च १५.६२ प्रतिशतमै सीमित, राजस्व संकलन पनि निराशाजनक

सात महिनामा पुँजीगत खर्च १५.६२ प्रतिशतमै सीमित, राजस्व संकलन पनि निराशाजनक

अर्थ प्लस
सात महिनामा पुँजीगत खर्च १५.६२ प्रतिशतमै सीमित, राजस्व संकलन पनि निराशाजनक

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको आम्दानी वार्षिक लक्ष्यको ४४ र खर्च ४० प्रतिशतमा खुम्चिएको छ ।

चालु आवका लागि कूल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरिएकोमा माघ मसान्तसम्ममा आठ खर्ब एक अर्ब ३७ करोड ४९ लाख खर्च भएको छ । यस वार्षिक विनियोजनको ४० दशमलव ८ प्रतिशत बराबर हो । चालुगत शीर्षकमा यस वर्ष ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकामा ४७ दशमलव ६२ प्रतिशत अर्थात् पाँच खर्ब ६२ अर्ब ३७ करोड १५ लाख बराबर खर्च भएको छ ।

त्यस्तै, पुँजीगत शीर्षकमा चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकामा १५ दशमलव ६२ प्रतिशत अर्थात् ६३ अर्ब ७२ करोड ९९ लाख खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकको माघ मसान्तसम्मको खर्च ४६ दशमलव ७१ प्रतिशत छ । यो शीर्षकमा तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन भएकोमा एक खर्ब ७५ अर्ब २७ करोड ३५ लाख खर्च भएको छ ।

यस आवका लागि सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेकोमा माघ मसान्तसम्ममा ४४ दशमलव ४९ प्रतिशत प्रगति भएको छ । हालसम्ममा छ खर्ब ८२ अर्ब १६ करोड ७३ लाख बराबर राजस्व उठेको छ । कर राजस्वतर्फ वार्षिक लक्ष्यको ४५ दशमलव २१ प्रतिशत अर्थात् पाँच खर्ब ९९ अर्ब ३१ करोड ४६ लाख र गैरकर राजस्वतर्फ वार्षिक लक्ष्यको ४२ दशमलव ५५ अर्थात् ६५ अर्ब ७१ करोड तीन लाख बराबर असुली भएको छ ।

चालु आवमा ५३ अर्ब ४४ करोड ६९ लाख बराबरको वैदेशिक अनुदान लिने सरकारी लक्ष्य थियो । माघ मसान्तसम्ममा १२ अर्ब ८३ करोड ७९ लाख बराबर अर्थात् वार्षिक लक्ष्यको २४।०२ प्रतिशत प्राप्त भएको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार