Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

घट्यो अन्डाको मूल्य, कति पर्यो प्रतिक्रेट?

घट्यो अन्डाको मूल्य, कति पर्यो प्रतिक्रेट?

अर्थ प्लस
घट्यो अन्डाको मूल्य, कति पर्यो प्रतिक्रेट?

काठमाडौं, बैशाख २१ । नेपाल लेयर कुखुरापालक संघले अन्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ ।

संघको बुधबार बसेको बैठकले बिहीबारदेखि लागू हुनेगरी नयाँ समर्थन मूल्य निर्धारण गरेको हो । बैठकले देशभर अन्डाको एउटै मूल्य लागू गर्नका लागि चितवनलाई आधार मानेको छ । 

संघका सचिव मदन चिरञ्जीवी पोखरेलका अनुसार नयाँ मूल्य मिडियम सानो साइजको अन्डा प्रतिक्रेट ३३० रुपैयाँ पर्नेछ । यस्तै, ठूलो अन्डा प्रतिक्रेट ३७५ रुपैयाँ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ३९५ रुपैयाँ पर्नेछ ।

यसअघि संघले मध्यम अन्डाको प्रतिक्रेट ३७५ रुपैयाँ, ठूलो अन्डाको प्रतिक्रेट ३९० रुपैयाँ र सबैभन्दा ठूलो अन्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट ४०५ रुपैयाँ निर्धारण गरेको थियो । 

सम्बन्धित समाचार