Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

वीरगञ्ज भन्सार कार्यलयबाट सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व संकलन

वीरगञ्ज भन्सार कार्यलयबाट सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व संकलन

अर्थ प्लस
वीरगञ्ज भन्सार कार्यलयबाट सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व संकलन

पर्सा। वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको सात महिनामा एक खर्ब ३५ अर्ब ४८ करोड राजस्व संकलन गरेको छ। 

कार्यालयले चालू आवको सात महिनासम्म एक खर्ब ५३ अर्ब ८४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखे पनि सोही अवधिसम्म भने लक्ष्यको ८८.०७ प्रतिशत राजस्व संकलन गरेको छ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको सात महिनामा कार्यालयको भन्सार सकलनमा उत्साहजनक भएको छ। कार्यालयले साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोज महिनामा १९ अर्ब नौ करोड राजस्व संकलन भएको थियो। 

त्यस्तै, कात्तिकमा १७ अर्ब ३३ करोड र मङ्सिरमा भने २० अर्ब ८० करोड राजस्व संकलन भएको छ। पुसमा पनि २० अर्ब २० करोड राजस्व संकलन गरेको छ। 

कार्यालयले माघमा मात्र २१ अर्ब २९ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकामा १८ अर्ब ९० करोड राजस्व संकलन गरेको छ। भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ।

सम्बन्धित समाचार