काठमाडौँ, २७ वैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको खुद नाफा ३८।७५ प्रतिशतले बढेर २६ करोड ८९ लाख २० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १९ करोड ३८ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद बिमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो ।
खुद बिमा शुल्क आर्जन १०२।८४ प्रतिशतले बढेर २ अर्ब ९६ करोड ४० लाख १७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले १ अर्ब ४६ करोड १२ लाख ७६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यता, लगानी तथा कर्जाबाट हुने आम्दानी १२४।७८ प्रतिशतले बढेर ८४ करोड १७ लाख २९ हजार रुपैयाँ पुगेको छ ।

