Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
बैंकवित्त

ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर, एक हजार भन्दा बढि महिलाहरूको स्वास्थ्य चेकजाँच

ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर, एक हजार भन्दा बढि महिलाहरूको स्वास्थ्य चेकजाँच

ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर, एक हजार भन्दा बढि महिलाहरूको स्वास्थ्य चेकजाँच

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोशी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बैंकले शनिवार इलाम जिल्ला इलाम नगरपालिका वडा नं. ४ स्थित मलाटे आधारभूत स्वास्थ्य चौकीमा १६० भन्दा बढी महिलाहरूको स्वास्थ्य चेकजाँच गरी स्थानीय महिलाहरूलाई प्रत्यक्ष रुपमा लाभान्वित गरेको हो । 

नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराएको हो । 

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरेको छ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गर्नेछ । 

वार्षिकोत्सवको अवसरमा सम्पूर्ण प्रदेशहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी १,२५० भन्दा बढी महिलाहरूको स्वास्थ्य चेकजाँच सेवा उपलब्ध गराएको हो ।

सम्बन्धित समाचार