Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा वितरण

किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा वितरण

अर्थ प्लस
किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा वितरण

तनहुँ, जेठ २ । तनहुँको म्याग्दे गाउँपालिकाले शत्प्रतिशत अनुदानमा किसानलाई माछाको भुरा वितरण गरेको छ । व्यावसायिक रुपमा माछापालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न पालिकाले माछाका भुरा वितरण गरेको हो । 

गाउँपालिकाका सातवटै वडाका किसानलाई ५४ हजार तीन सय माछाका भुरा वितरण गरेको गाउँपालिकाका पशु सेवा शाखाप्रमुख डा विनय शाहले जानकारी दिए । माछापालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न र माछापालन व्यवसायमा टिकाइराख्ने उद्देश्यसहित गाउँपालिकाले अनुदानमा भुरा वितरण गरेको उनको भनाइ छ । 

डा शाहले भने, ‘विगत लामो समयदेखि माछापालन व्यवसायमा आबद्ध किसानसँग भुरा प्राप्तिका लागि निवेदन माग गरेका थियौँ । निवेदन प्राप्त भएका २७ जना किसानलाई भुरा वितरण गरिएको छ ।’ उनका अनुसार प्रति रोपनी छ सयका दरले माछाका भुरा वितरण गरिएको हो ।

किसानलाई तातो हावापानीमा हुर्किन सक्ने कमन कार्प जातका भुरा वितरण गरिएको डा शाहले बताए । उनले भने, ‘म्याग्दे गाउँपालिकाको हावापानीसँग मिल्ने प्रजातिका भुरा बाँडेका हौँ । यो माछा एक वर्षमा दुई किलोसम्म हुन्छ ।’ गाउँपालिकाले सङ्घीय सरकार कृषि अनुसन्धान केन्द्र मातहतको मत्स्य अनुसन्धान केन्द्र बेगनासबाट प्रतिभुरा ५० पैसामा खरिद गरेको हो ।

सम्बन्धित समाचार