Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा वुलिङका चार विद्युतीय गाडी सार्वजनिक हुँदै

‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा वुलिङका चार विद्युतीय गाडी सार्वजनिक हुँदै

अर्थ प्लस
‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा वुलिङका चार विद्युतीय गाडी सार्वजनिक हुँदै

काठमाडौं-  नेपालका लागि वुलिङ मोटर्सको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा वुलिङका चार नयाँ विद्युतीय गाडी सार्वजनिक गर्ने भएको छ ।

विश्वप्रसिद्ध एसएआईसी–जीएम–वुलिङ समूहद्वारा निर्मित यी गाडीहरूले नेपाली बजारमा परिवार, सहरी प्रयोग तथा लामो दूरीका यात्रुलाई लक्षित गर्दै नयाँ विकल्प थप्ने कम्पनीले जनाएको छ ।

सन् १९५८ देखि उत्पादन सुरु गरेको वुलिङ ब्रान्डले हालसम्म विश्वभर तीन करोडभन्दा बढी सवारीसाधन उत्पादन गरिसकेको छ । किफायती मूल्य, भरपर्दो प्रविधि र आधुनिक सुविधाका कारण विश्व बजारमा लोकप्रिय बनेको वुलिङले नेपालमा पनि आफ्नो विद्युतीय गाडीको दायरा विस्तार गर्न लागेको हो ।

dfdsf

कम्पनीले एक्स्पोमा वुलिङ एक्सिओन ईभी, वुलिङ मिनी ईभी, वुलिङ डेरियन एमपीभी ईभी र वुलिङ बिंगो ईभी सार्वजनिक गर्ने जनाएको छ ।

ठूला परिवारलाई लक्षित गरिएको वुलिङ एक्सिओन ईभी सात सिट क्षमताको एसयूभी हो । यसमा ६९.२ किलोवाट–घण्टाको ब्याट्री रहेको छ, जसले एकपटकको चार्जमा अधिकतम ५३० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ ।

आवश्यकताअनुसार पाँच वा सात सिटमा प्रयोग गर्न मिल्ने यो गाडीमा ३६० डिग्री क्यामेरा, एडास सुरक्षा प्रणाली, ठूलो बुट स्पेस तथा आधुनिक सुरक्षा सुविधाहरू समावेश गरिएका छन् ।

Screenshot 2026-06-27 095345

वुलिङ मिनी ईभी चार ढोकायुक्त कम्प्याक्ट विद्युतीय कार हो । सहरी सडकलाई लक्षित गरी तयार गरिएको यो गाडीले एक पटकको चार्जमा ३०१ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ । यसमा डीसी फास्ट चार्जिङ सुविधा पनि उपलब्ध हुनेछ । कम्पनीका अनुसार, नेपाली बजारमा उपलब्ध धेरै मिनी ईभीभन्दा कम मूल्यमा बढी सुविधा दिने लक्ष्य राखिएको छ ।

वुलिङ डेरियन एमपीभी ईभी सात सिट क्षमताको प्रिमियम गाडी हो । लामो दुरीको यात्रा तथा पारिवारिक प्रयोगका लागि उपयुक्त मानिएको यसमा ५४० किलोमिटरसम्मको रेन्ज, स्लाइडिङ ढोका तथा आरामदायी इन्टेरियर उपलब्ध हुनेछ ।

त्यसैगरी, नेपाली बजारमा लोकप्रिय वुलिङ बिंगो ईभी अब थप परिष्कृत सुविधासहित आउने भएको छ । यो गाडी ३१.९ किलोवाट–घण्टा र ३७.९ किलोवाट–घण्टा ब्याट्री विकल्पमा उपलब्ध हुनेछ, जसले क्रमशः ३३३ र ४१० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ ।

gfdg

यसमा १०.२५ इन्चको डुअल स्क्रिन, ७९० लिटर कार्गो स्पेस, एबीएस, ईबीडी तथा भेरियन्टअनुसार ६ वटासम्म एयरब्याग जस्ता सुरक्षा सुविधाहरू समावेश छन् ।

प्यारामाउन्ट मोटर्सले देशभर रहेका आफ्ना शोरुम तथा सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।

कम्पनीका अनुसार, आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा यी सबै नयाँ गाडी प्रत्यक्ष अवलोकन तथा अनुभव गर्ने अवसर सर्वसाधारणले पाउनेछन् ।

सम्बन्धित समाचार