Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

नेपालमा सार्वजनिक भयो सबैभन्दा शक्तिशाली टिभिएस अपाचे RTR 160 4V, मूल्य कति ?

नेपालमा सार्वजनिक भयो सबैभन्दा शक्तिशाली टिभिएस अपाचे RTR 160 4V, मूल्य कति ?

अर्थ प्लस
नेपालमा सार्वजनिक भयो सबैभन्दा शक्तिशाली टिभिएस अपाचे RTR 160 4V, मूल्य कति ?

काठमाडौं/  टिभिएस  मोटर कम्पनीले नेपालमा आफ्नो नयाँ टिभिएस अपाचे RTR 160 4V मोटरसाइकल सार्वजनिक गरेको छ। सतुंगलमा आयोजित विशेष कार्यक्रममा मिडियाकर्मी, अटोमोबाइल समीक्षक, इन्फ्लुएन्सर तथा बाइक पारखीहरूको उपस्थितिमा नयाँ मोडल सार्वजनिक गरिएको हो।

कम्पनीका अनुसार नयाँ   अपाचे RTR 160 4V आफ्नो १६० सीसी सेग्मेन्टकै सबैभन्दा शक्तिशाली मोटरसाइकल हो, जसले १७.५५ पीएस शक्ति उत्पादन गर्छ। यसमा पहिलो पटक प्रोजेक्टर एलईडी हेडल्याम्प, USD फ्रन्ट सस्पेन्सन, ५ इन्चको TFT डिजिटल क्लस्टर तथा स्पोर्ट, अर्बन र रेन गरी तीनवटा राइडिङ मोड समावेश गरिएको छ।

कार्यक्रममा बोल्दै टिभिएस   मोटर कम्पनीका इन्टरनेशनल बिजनेस प्रेसिडेन्ट पेम्यान कारगरले नेपाल टिभिएस   का लागि रणनीतिक रूपमा महत्त्वपूर्ण बजार रहेको बताउँदै नयाँ  टिभिएस RTR 160 4V ले राइडरलाई थप आत्मविश्वास, नियन्त्रण र उत्कृष्ट प्रदर्शनको अनुभव दिने विश्वास व्यक्त गरे।

जगदम्बा मोटर्स प्रालिका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नेपालका युवा राइडरमाझ टिभिएस अपाचे को लोकप्रियता उल्लेखनीय रहेको बताउँदै नयाँ मोडलका अत्याधुनिक फिचरले यसको आकर्षण अझ बढाउने बताए। कम्पनीका प्रिमियम बिजनेस हेड विमल सुम्ब्लीले  अपाचेब्रान्डले विश्वभर ६५ लाखभन्दा बढी राइडरको विश्वास जितेको उल्लेख गर्दै नयाँ मोडलले १६० सीसी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने बताए।

नयाँ टिभिएस अपाचे RTR 160 4V हाल नेपालका छनोट गरिएका डिलरशिपमा उपलब्ध छ भने जुलाई २०२६ सम्म देशभर बिक्रीका लागि विस्तार गरिने कम्पनीले जनाएको छ। मोटरसाइकल म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीन रङमा उपलब्ध हुनेछ। यसको एक्स–शोरूम मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

सम्बन्धित समाचार