पश्चिम नेपालको बुटवलमा फोटोन मोटर्स नेपालले नयाँ शोरुमको उद्घाटनसँगै आफ्नो उपस्थिति अझै सशक्त बनाएको छ।
यहि १५ गते बुटवलमा आफ्नो नयाँ शोरुमको औपचारिक उद्घाटन गर्दै कम्पनीले नेपालभरी आफ्नो पहुँच विस्तार गरेको छ । देशको पश्चिमी भेगका ग्राहकसमक्ष आफ्ना उत्पादन तथा सेवाहरू अझ नजिकै पुर्याउने प्रयासलाई थप सहज बनाएको छ ।
व्यापारिक एवम् यातायातको प्रमुख केन्द्र रहेको बुटवलमा नयाँ शोरुमले रुपन्देही, पाल्पा, नवलपरासी तथा त्यस आसपासका जिल्लाका ग्राहकलाई सेवा दिन सक्छ ।
उक्त क्षेत्रका सवारीधनी तथा सम्भावित खरिदकर्ताका लागि फोटोनका सेवा र सवारीसाधनहरूमा पहुँच अझ सहज बनाउने विश्वास कम्पनीले लिएको छ ।
असार १५ गते आयोजित औपचारिक उद्घाटन समारोहमा एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्सका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बराल र फोटन नेपालका कन्ट्री म्यानेजर साइरसले संयुक्त रूपमा रिबन काटेर शोरुमको उद्घाटन गरेका थिए ।
बुटवलको मणिग्राममा स्थापना गरिएको नयाँ शोरुम पूर्ण (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधासहित सञ्चालनमा आएको हो।
एउटै स्थानबाट सवारी बिक्री, आफ्टर सेल्स सर्भिस तथा जेन्युइन स्पेयर पार्ट्स उपलब्ध गराइने भएकाले ग्राहकले टाढाका अन्य शहर धाउनुपर्ने झन्झटबाट राहत पाउनेछन्।
ग्राहकलाई सहज, भरपर्दो र निरन्तर सेवा अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य छ।
कार्यक्रममा बोल्दै एमएडब्लु वृद्धी कमर्सियल भेहिकल्सका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले बुटवल शोरुम केवल व्यापार विस्तार मात्र नभई नेपालभरीका कम्युनिटीमा कम्पनीले गरेको दीर्घकालीन लगानीको प्रतीक भएको बताए।
बुटवल शोरुमको उद्घाटन कार्यक्रमको सफलतासँगै फोटोन मोटर्स नेपालले आफ्ना ग्राहक जहाँ छन्, त्यहीँ पुगेर उनीहरूको आवश्यकता सुन्ने र देशभरीको सेवा तथा विश्वसनीयताको स्तरलाई निरन्तर उकास्दै लैजाने प्रतिबद्धता उनले दिए
एमएडब्लु वृद्धी कमर्सियलको बारेमाः
एमएडब्लु वृद्धी कमर्सियल नेपालमा व्यावसायिक सवारीसाधन आपूर्ति गर्ने कम्पनी हो, जसले उत्कृष्ट मोबिलिटी सोलुसनहरू विकास गर्ने र उपलब्ध गराउने लक्ष्य राखेको छ।
कम्पनी फोटोन भेहिकल्सको आधिकारिक वितरक हो र विश्वसनीयता, कार्यक्षमता तथा ग्राहक सन्तुष्टिलाई आफ्नो मुख्य प्राथमिकता मान्दै आएको छ।
