प्रिमियम मोटरसाइकल ब्रान्ड ट्रायम्फ (Triumph) र केटीएम (KTM) ले ललितपुरको कुमारीपाटीमा आफ्नो नयाँ मल्टि ब्रान्ड शोरूम सञ्चालनमा ल्याएको छ ।
नयाँ शोरूम सञ्चालनसँगै ललितपुरका ग्राहकहरूले अब अन्तर्राष्ट्रियस्तरको मोटरसाइकल बिक्री, सेवा तथा स्पेयर पार्ट्स (3S) सुविधा एउटै स्थानबाट प्राप्त गर्न सक्ने छन् ।
ललितपुरको प्रमुख व्यावसायिक क्षेत्र कुमारीपाटीमा स्थापना गरिएको शोरूमले बिक्री, सर्भिस र जेन्युइन स्पेयर पार्ट्सको सम्पूर्ण सेवा उपलब्ध गराउनेछ। कम्पनीका अनुसार यो सँगै ट्रायम्फको नेपालमा सातौँ शोरूम सञ्चालनमा आएको हो भने आगामी दिनमा देशका अन्य स्थानमा पनि विस्तार गर्ने योजना रहेको छ।
नयाँ शोरूमको उद्घाटन गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र ललितपुर ट्राफिक प्रहरी कार्यालयका डीएसपी सुनील जंग शाहले सञ्चारकर्मीहरूको उपस्थितिमा संयुक्त रूपमा गरेका थिए।
शोरूममा ट्रायम्फका प्रिमियम बेलायती मोटरसाइकल तथा केटीएमका विश्वप्रसिद्ध मोडेलहरू एउटै छानामुनि अवलोकन तथा खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
कम्पनीले ग्राहकलाई मोटरसाइकल खरिददेखि बिक्रीपछिको सेवासम्म सहज, भरपर्दो र गुणस्तरीय अनुभव प्रदान गर्ने उद्देश्यले शोरूम सञ्चालनमा ल्याएको जनाएको छ।
कार्यक्रममा बाइक्स डिपोका सञ्चालक सतीश श्रेष्ठले ललितपुरका राइडरलाई अन्तर्राष्ट्रियस्तरको सेवा र अनुभव उपलब्ध गराउने उद्देश्यले ट्रायम्फ र केटीएमलाई अझ नजिक ल्याइएको बताउँदै बिक्री, सर्भिस र स्पेयर पार्ट्सको सुविधा एउटै स्थानमा उपलब्ध गराएर उत्कृष्ट गन्तव्य बनाउने लक्ष्य रहेको बताए।
त्यसैगरी ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले ललितपुरमा नयाँ शोरूम सञ्चालन हुनु कम्पनीका लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै नेपालभरका राइडरहरूसम्म प्रिमियम मोटरसाइकल अनुभव सहज रूपमा पुर्याउने अभियानलाई निरन्तरता दिइने बताए।
कम्पनीका अनुसार यस विस्तारले ट्रायम्फ र केटीएमको नेपालभरका ग्राहकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनेछ। उत्कृष्ट सेवा, सहज पहुँच र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै दुवै ब्रान्डले नेपालमा मोटरसाइकल संस्कृति प्रवर्द्धन गर्ने लक्ष्य लिएका छन्।
बाइक्स डिपो ललितपुरका लागि ट्रायम्फ र केटीएमको आधिकारिक शोरूम साझेदार हो। यहाँ प्रिमियम मोटरसाइकल, जेन्युइन स्पेयर पार्ट्स, व्यावसायिक सर्भिस तथा बिक्रीपछिको सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।
