Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
अटो

साना किसान विकास लघुवित्तले १५ प्रतिशत लाभांश दिने

साना किसान विकास लघुवित्तले १५ प्रतिशत लाभांश दिने

साना किसान विकास लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौँ - साना किसान विकास लघु वित्त वित्तीय संस्था लि. ले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

 

संस्थाको २२ औँ वार्षिक साधारण सभाका अवसरमा संस्थाका अध्यक्ष खेम बहादुर पाठकले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित भएसँगै १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो । 

लघुवित्तले आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफाबाट चुक्ता पुँजी रु. ३,३३,१६,१८,२०४ को १४ दशमलव २५ प्रतिशतले हुने रु. ४७,४७,५५,५९४ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७५ प्रतिशतले हुने नगद लाभांश रु २,४९,८७,१३६ गरी जम्मा चुक्ता पुँजीको १५ प्रतिशतले हुने रकम रु. ४९,९७,४२,७३० वितरणका लागि प्रस्ताव पारित गरिएको छ । 

सम्बन्धित समाचार