Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

इटहरीको हलगडामा नयाँ शोरूमको सुरुवातसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार

इटहरीको हलगडामा नयाँ शोरूमको सुरुवातसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार

अर्थ प्लस
इटहरीको हलगडामा नयाँ शोरूमको सुरुवातसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार

इटहरी, नेपाल – २०८३ असार २५ – कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो रिटेल सञ्जाललाई थप मजबुत बनाउँर्दैै इटहरीको हलगडामा नयाँ विशेष शोरूम सञ्चालनमा ल्याएको छ । ए–क्लास मार्बल्स एण्ड टायल्ससँगको सहकार्यमा व्यवस्थापन गरिएको यस आधुनिक शोरूमले स्थानीय घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूलाई विश्वस्तरीय ब्राण्डका फ्लोर र वाल टायलहरूको विस्तृत दायरा सिधै पु¥याउने उद्देश्य राखेको छ ।

यस शोरूमको औपचारिक उद्घाटन हिजो असार २४ गते बुधबार अपराह्न ४ः०० बजे एक भव्य समारोहमा भएको हो । उद्घाटन समारोहको नेतृत्व कजरिया रमेश टाइल्स लिमिटेडका निर्देशक श्री हिमांशु अग्रवाल र मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपालले गर्नुभएको थियो । समारोहमा उपस्थित ए–क्लास मार्बल्स एण्ड टाइल्सको व्यवस्थापन टोलीले स्थानीय बासिन्दा तथा व्यावसायिक साझेदारहरूलाई नयाँ सञ्चालनमा आएको शोरुम अवलोकनका लागि औपचारिक रूपमा स्वागत गरेको थियो।

आधुनिक र ग्राहक–मैत्री शैलीमा व्यवस्थित गरिएको यस शोरूमले ग्राहकहरूलाई उत्कृष्ट र सजिलो कार्यसम्पादनको अनुभव प्रदान गर्नेछ । यहाँ आउने ग्राहकहरूले विभिन्न टायल्सका डिजाइन, प्याटर्न र फिनिसिङका विकल्पहरू प्रत्यक्ष स्पर्श गरी, महसुस गरेर आफ्ना व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि आवश्यक पर्ने टायल छनोट गर्न सक्नेछन् ।

"ए–क्लास मार्बल्स एण्ड टायल्ससँगको हाम्रो यो सहकार्य इटहरी र यस आसपासका तीव्र रूपमा विकास भइरहेका क्षेत्रहरूमा उच्च गुणस्तरीय टाइलिङ सोलुसन्स प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक हो । हाम्रा विश्वस्तरीय डिजाइनहरू स्थानीय बासिन्दाहरूको नजिकै ल्याएर हामी उहाँहरूको घर निर्माण र पुनःनिर्माणको यात्रालाई मद्दत पु¥याउन चाहन्छौं", उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिले भन्नुभयो ।

यो शोरूम अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला भइसकेको छ । हलगडा, इटहरी तथा आसपासका क्षेत्रका बासिन्दाहरूलाई शोरूममा आई नयाँ कलेक्सनहरू अवलोकन गर्न अनुरोध गरिएको छ ।

कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधि र विश्वस्तरीय मापदण्ड अनुरूप देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालको टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । कम्पनीको बजार नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय उपलब्धिहरूबाट थप सुदृढ बनेको छ, जसमा सुपरब्राण्ड  २०२५ को उपाधि, 'एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड' को मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादकमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् । गुणस्तर र दिगोपनाप्रतिको यसको प्रतिबद्धता ISO ९००१ः२०१५ र ISO १४००१ः२०१५ प्रमाणीकरण, इन्डियन ग्रीन बिल्डिङ काउन्सिल (IGBC) को सदस्यता र प्रतिष्ठित NS Quality Award २०२६ मार्फत स्पष्ट हुन्छ, जसले यसलाई एक विश्वसनीय उद्योग नेतृत्वकर्ताको रूपमा स्थापित गरेको छ ।

३,००० भन्दा बढी आधुनिक डिजाइन विकल्पहरूसहित यस ब्रान्डले दीर्घकालीन टिकाउपन र उत्कृष्ट कार्यसम्पादनयुक्त उत्पादनहरू मार्फत आन्तरिक स्थानहरूलाई निरन्तर रूपान्तरण गर्दै आएको छ । हाल कजारियाको नेपालभर १०० + शोरुमहरूको सशक्त देशव्यापी उपस्थिति रहेको छ । यसको विविध उत्पादन पोर्टफोलियोमा ग्लेज्ड भिट्रिफाइड टायल्स (६०x१२० से.मी., ६०x६० से.मी., ४०x४० से.मी. (८ मि.मी.), र १९.५x१२० से.मी.), सेरामिक वाल टायल्स (३०x६० से.मी. र ३०x४५ से.मी. एचडी पोलिस्ड), र हेभी ड्युटी भिट्रिफाइड टायल्स (४०x४० से.मी., १२ मि.मी.) समावेश छन् जुन उनीहरूको असाधारण मजबुती तथा पानी र दाग प्रतिरोधी क्षमताका लागि अत्यधिक प्रसिद्ध छन् ।

 

सम्बन्धित समाचार