Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

पाकिस्तानमा Jetour T2 i-DM को उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा Jetour T2 i-DM को उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

अर्थ प्लस
पाकिस्तानमा Jetour T2 i-DM को उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

काठमाडौं- चीनको सबैभन्दा रुचाइएको अटोमोबाइल ब्रान्डमध्ये एक Jetour ले पाकिस्तानमा नयाँ Jetour T2 i-DM सार्वजनिक गरेसँगै उल्लेखनीय सफलता हासिल गरेको छ। बुकिङ खुलाएको केही दिनमै उक्त एसयूभीका १,००० भन्दा बढी बुकिङ प्राप्त भएपछि व्भतयगच अहिले दक्षिण एसियाली अटोमोबाइल बजारमा चर्चाको विषय बनेको छ।

प्लग–इन हाइब्रिड प्रविधि, दमदार एसयूभी डिजाइन र प्रिमियम फिचरका कारण यो मोडलले ग्राहकको उच्च आकर्षण हासिल गरेको बताइएको छ।

यो उपलब्धिले दक्षिण एसियामा आधुनिक एसयूभीप्रतिको बढ्दो मागलाई झल्काउनुका साथै आकर्षक डिजाइन र उत्कृष्ट अफ–रोड क्षमताका लागि परिचित ब्रान्डका रूपमा Jetour ले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान थप मजबुत बनाउँदै गएको संकेत गरेको छ।

सम्बन्धित समाचार