Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

राष्ट्रिय मनिचेञ्जरको इजाजत खारेज

राष्ट्रिय मनिचेञ्जरको इजाजत खारेज

अर्थ प्लस
राष्ट्रिय मनिचेञ्जरको इजाजत खारेज

काठमाडौं। नेपाल राष्ट्र बैंकले राष्ट्रिय मनिचेञ्जर प्रालिको इजाजतपत्र खारेज गरेको छ। राष्ट्र बैंकको धनगढी कार्यालयले कञ्चनपुरको भीमदत्तनगर–४, महेन्द्रनगरस्थित उक्त मनिचेञ्जरको लाइसेन्स रद्द गरेको हो।

राष्ट्र बैंकका अनुसार कम्पनीले आफ्नो कारोबार बन्द गर्न निवेदन दिएपछि इजाजतपत्र खारेज गर्ने प्रक्रिया अघि बढाइएको हो। राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)को विनियम २२ बमोजिम संस्थाको इजाजतपत्र खारेज गरिएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ।

राष्ट्र बैंकले राष्ट्रिय मनिचेञ्जर प्रालिसँग कुनै प्रकारको लेनदेन, दाबी वा अन्य सरोकार भएका व्यक्ति तथा संस्थालाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र राष्ट्र बैंकको धनगढी कार्यालयमा आवश्यक जानकारी तथा दाबी पेस गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार