Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

सानिमा बैंकको खुद नाफा ३८ प्रतिशत बढेर ३ अर्ब ५५ करोड,, वितरणयाेग्य मुनाफा कति ?

सानिमा बैंकको खुद नाफा ३८ प्रतिशत बढेर ३ अर्ब ५५ करोड,, वितरणयाेग्य मुनाफा कति ?

अर्थ प्लस
सानिमा बैंकको खुद नाफा ३८ प्रतिशत बढेर ३ अर्ब ५५ करोड,, वितरणयाेग्य मुनाफा कति ?

काठमाडौं । सानिमा बैंकको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा खुद नाफा ३८ प्रतिशत बढेर ३ अर्ब ५५ करोड १ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ ।। बैंकले अघिल्लो वर्ष २ अर्ब ५७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

अघिल्लो वर्षको सोही अवधिमा बैंकले खुद ब्याज आम्दानी ६ अर्ब ३५ करोड ५९ लाख रुपैयाँबाट बढेर ६ अर्ब ९९ करोड १५ लाख रुपैयाँ पुगेको छ। ब्याज आम्दानीमा भएको वृद्धि र इम्पेयरमेन्ट चार्ज घटेकाले बैंकको नाफामा उल्लेख्य सुधार आएको हो। समीक्षा अवधिमा इम्पेयरमेन्ट चार्ज १ अर्ब ७ करोड रुपैयाँमा सीमित भएको छ।

१५ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब १२ करोड ४५ लाख १५ हजार रुपैयाँ रहेको छ । 

गत असारसम्म बैंकको निक्षेप संकलन ११ प्रतिशत बढेर २ खर्ब ४९ अर्ब ११ करोड ८० लाख १७ हजार रुपैयाँ र कर्जा प्रवाह १० प्रतिशत बढेर १ खर्ब ९५ अर्ब ८८ करोड ४७ लाख ३० हजार रुपैयाँ पुगेको छ । अघिल्लो असारसम्म बैंकले २ खर्ब २३ अर्ब ९५ करोड ४६ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७६ अर्ब ४४ करोड ५ लाख ५ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । 

समीक्षा वर्षमा बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८०.७७ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा (एनपीएल) अघिल्लो वर्षको ३.०१ प्रतिशतबाट २.८७ प्रतिशतमा झरेको छ भने खुद खराब कर्जा १.२० प्रतिशतबाट १.०२ प्रतिशतमा सीमित रहेको छ ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १८.९४ रुपैयाँबाट बढेर २५.७५ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८८.४२ रुपैयाँ रहेको छ भने मूल्य-आम्दानी अनुपात (पीई रेसियो) १३.५९ गुणा रहेको छ । इक्विटीमा प्रतिफल १४.३९ प्रतिशत कायम भएको छ भने लाभांश क्षमता २०.८५ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।

 

सम्बन्धित समाचार