Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेन–७, पाल्पामा सञ्चालनमा

एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेन–७, पाल्पामा सञ्चालनमा

अर्थ प्लस
एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेन–७, पाल्पामा सञ्चालनमा

एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रममा मिति २०८३ साल भाद्र१ गते लुम्बिनी प्रदेशको पाल्पा जिल्ला अन्तर्गत तानसेन–७, लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल लिमिटेडको परिसरमा आफ्नो नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

यस काउन्टरको विस्तारसँगै बैंकको एक्सटेन्सन काउण्टर संख्या ५ पुगेको छ । उक्त स्थानमा बैंकको काउन्टरको स्थापनासँगै पाल्पा बासीलेअत्याधुनिक, सरल र सहज बैँकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले लिएको छ ।

पंजाब नेसनल बैंक भारत सँग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

सम्बन्धित समाचार