Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

न्युजिल्यान्ड र अमेरिकाको स्याउ खान्छन् नेपाली, १० महिनामा ७ अर्बको आयात

न्युजिल्यान्ड र अमेरिकाको स्याउ खान्छन् नेपाली, १० महिनामा ७ अर्बको आयात

अर्थ प्लस
न्युजिल्यान्ड र अमेरिकाको स्याउ खान्छन् नेपाली, १० महिनामा ७ अर्बको आयात

काठमाडौँ, जेठ ८ । चालु आर्थिक वर्षको १० महिनामा ७ अर्ब बढीको स्याउ आयात भएको छ । चालु आवको वैशाख मसान्तसम्म विभिन्न ६ मुलुकबाट ७ अर्ब १३ करोड ४८ लाख रुपैयाँ बराबरको स्याउ आयात भएको हो । 

भन्सार विभागका अनुसार यो अवधिमा ७ करोड २ लाख केजि भन्दा धेरै स्याउ आयात भएको हो । उक्त आयातबाट १ अर्ब बढी राजस्व संकलन भएको छ । 

विभागका अनुसार चिन, भारत, थाइल्याण्ड, निउजल्याण्ड, टर्की र अमेरिकाबाट नेपनलमा स्याउ भित्रिएको हो । सबैभन्दा धेरै  चिनबाट स्याउ आयात गरिएको तथ्यांकले देखाएको छ । चिनबाट मात्र ६ अर्ब २६ करोड ११ लाख रुपैयाँ बराबरको ५ करोड ९२ लाख केजी स्याउ आयात गरिएको छ ।

त्यसैगरी, भारतबाट ८५ करोड रुपैयाँ बराबरको १ करोड ८ लाख केजी, न्युजल्याण्डबाट ४४ लाख रुपैयाँ  बराबरको २० हजार केजी, टर्कीबाट  २४ लाख रुपैयाँ बराबरको २० हजार केजी, अमेरिकाबाट ८३ लाख रुपैयाँ बराबरको ४० हजार केजी र थाइल्याण्डबाट १२ हजार रुपैयाँ बराबरको २५ केजी स्याउ आयात गरिएको हो ।  

 

सम्बन्धित समाचार