काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको भदौ २६ गते अपराह्न ३ः३० बजे बसेको सञ्चालक समितिको ५६४औँ बैठकले चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। बैंकका अनुसार उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका सातवटै प्रदेशमा १५७ शाखा, १२ एक्सटेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा र १९३ एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
