Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सिटिजन्स बैंकको मधेश केन्द्रित रणनीतिक कार्यक्रम सम्पन्न

सिटिजन्स बैंकको मधेश केन्द्रित रणनीतिक कार्यक्रम सम्पन्न

अर्थ प्लस
सिटिजन्स बैंकको मधेश केन्द्रित रणनीतिक कार्यक्रम सम्पन्न

काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरूबीच “ड्राइभिङ हाइ-भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३/८४” कार्यक्रम आयोजना गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा सेमिनार सम्पन्न भएको हो । कार्यक्रममा गत आर्थिक वर्षको कार्य प्रगति समीक्षा तथा चालु आर्थिक वर्षका बजेट, रणनीतिक कार्ययोजना एवं प्राथमिकताका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा समेत गहिरो अन्तर्क्रिया भएको बैंकले जनाएको छ । मधेश प्रदेशका ८ जिल्लामा सिटिजन्स बैंकका २९ शाखा कार्यालय सञ्चालनमा छन् ।

यसअघि बैंकले बागमती प्रदेशमा “लिडिङ फ्रम द फ्रन्टः स्ट्राटेजिक ग्रोथ इम्पेरेटिभ्स फर बागमती प्रदेश” र कोशी प्रदेशमा “एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश” कार्यक्रम सम्पन्न गरेको थियो । 

सोही कार्यक्रमको निरन्तरतास्वरूप मधेश प्रदेशमा पनि यस किसिमको सेमिनार आयोजना गरिएको हो । अन्य प्रदेशहरूमा पनि क्रमशः यस्तै कार्यक्रम आयोजना गरिने बैंकले जनाएको छ ।

बैंकका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप संकलन ९.२२ प्रतिशतले वृद्धि भई २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षमा बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

बैंकले विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ र ‘बैंक अफ द ईयर २०२५’ को उपाधि प्राप्त गर्न सफल भएको जनाएको छ । यसअघि बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो ।

हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता पनि सुरु गरेको छ ।

त्यस्तै, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुविधा तथा क्रस बैंक टेलर सुविधा पनि ल्याएको बैंकले जनाएको छ । 

क्रस बैंक टेलर सुविधामार्फत अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्नेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर ६१ जिल्लामा फैलिएका २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ्ग इकाइमार्फत २० लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार