Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

८ बैंकको लाभांश घोषणा, २०% सम्म प्रतिफल

८ बैंकको लाभांश घोषणा, २०% सम्म प्रतिफल

अर्थ प्लस
८ बैंकको लाभांश घोषणा, २०% सम्म प्रतिफल

हाल लाभांश घोषणाको सिजन चलिरहेको छ। वाणिज्य बैंक र विकास बैंक गरी हालसम्म ८ वटा बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्। तीमध्ये ५ वाणिज्य बैंक र ३ विकास बैंक रहेका छन्। लाभांश घोषणा गर्ने बैंकहरुले ६ प्रतिशतदेखि २० प्रतिशतसम्म प्रतिफल प्रस्ताव गरेका छन्।

वाणिज्य बैंकतर्फ लाभांश घोषणा गर्नेमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक र एभरेष्ट बैंक रहेका छन्। विकास बैंकतर्फ गरिमा विकास बैंक, कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेका छन्।

  • नबिल बैंकले १५.८०% लाभांश (५% बोनस सेयर, १०.८०% नगद) प्रस्ताव गरेको छ।

  • ग्लोबल आइएमई बैंकले १०% लाभांश (४% बोनस सेयर, ६% नगद) घोषणा गरेको छ।

  • माछापुच्छ्रे बैंकले ६% लाभांश (३% बोनस सेयर, ३% नगद) प्रस्ताव गरेको छ।

  • एभरेष्ट बैंकले १५% लाभांश (५% बोनस सेयर, १०% नगद) घोषणा गरेको छ।

  • सानिमा बैंकले १०% नगद लाभांश प्रस्ताव गरेको छ।

  • गरिमा विकास बैंकले २०% लाभांश (१०% बोनस सेयर, १०% नगद) घोषणा गरेको छ।

  • सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२६३% लाभांश (४% बोनस सेयर, ६.५२६३% नगद) प्रस्ताव गरेको छ।

  • कामना सेवा विकास बैंकले साधारण सेयरधनीलाई १५% नगद लाभांश र अग्राधिकार सेयरधनीलाई ९% लाभांश घोषणा गरेको छ।

सम्बन्धित समाचार