Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेपालका बाढी प्रभावितका लागि हाेन्डाले दियाे थाइ रेडक्रस साेसाइटीमार्फत १ लाख अमेरिकी डलर

नेपालका बाढी प्रभावितका लागि हाेन्डाले दियाे थाइ रेडक्रस साेसाइटीमार्फत १ लाख अमेरिकी डलर

अर्थ प्लस
नेपालका बाढी प्रभावितका लागि हाेन्डाले दियाे थाइ रेडक्रस साेसाइटीमार्फत १ लाख अमेरिकी डलर

काठमाडौँ / नेपालमा गत अगस्ट २६ मा गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्‍याउन हाेन्डाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग गरेको छ ।

हाेन्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय एशियन हाेन्डा माेटर कम्पनी लिमिटेडले थाइ रेडक्रस साेसाइटीमार्फत उक्त सहयोग प्रदान गरेको हो ।

बाढी प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै हाेन्डाले उनीहरूको शीघ्र पुनःस्थापनाको कामना गरेको छ । कम्पनीले बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरेको जनाएको छ ।

सम्बन्धित समाचार