Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

जगदम्बा मोटर्सद्वारा बुटवलमा ARE GP: अपाचे रेसिङ क्वालिफायर्समा उत्साहजनक सहभागिताबीच १६० सीसीका तीन फाइनलिस्ट घोषित

जगदम्बा मोटर्सद्वारा बुटवलमा ARE GP: अपाचे रेसिङ क्वालिफायर्समा उत्साहजनक सहभागिताबीच १६० सीसीका तीन फाइनलिस्ट घोषित

अर्थ प्लस
जगदम्बा मोटर्सद्वारा बुटवलमा ARE GP: अपाचे रेसिङ क्वालिफायर्समा उत्साहजनक सहभागिताबीच १६० सीसीका तीन फाइनलिस्ट घोषित

जगदम्बा मोटर्स प्रा. लि. ले बुटवलमा आयोजना गरेको अपाचे रेस एक्सपेरियन्स (ARE) GP रेसिङ क्वालिफायर्सबाट १६० सीसी वर्गका तीन राइडर ग्रान्ड फिनालेका लागि छनोट भएका छन् ।

श्री गौराङ्ग इजी वे ट्रायल सेन्टर, तिलोत्तमा–५, कफी कम्पनी, मणिग्राम, बुटवलमा आयोजित क्वालिफायर्समा बुटवल क्षेत्रका उदीयमान राइडर, मोटरस्पोर्ट्सप्रेमी तथा एमेच्योर रेसरहरूको सहभागिता रहेको थियो । बुटवल क्षेत्रका लागि टीभीएसको आधिकारिक डिलर बालाजी अटोमोबाइल्ससँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।

क्वालिफायर्समा उत्साहजनक सहभागिता देखिएपछि ७६ जना सहभागी पुगेसँगै दर्ता प्रक्रिया रोक्नुपरेको आयोजकले जनाएको छ । सहभागीहरूले व्यावसायिक रेस प्रशिक्षण तथा प्रतिस्पर्धात्मक रेसिङमा सहभागिता जनाएका थिए ।

कार्यक्रममा पूर्व ARE GP नेपाल विजेता तथा मद्रास इन्टरनेसनल सर्किटका विजेता सुजन थापा मगर र ट्र्याक तथा टार्मेक रेसिङमा चार पटककी राष्ट्रिय च्याम्पियन नवाङ मोक्तानले सहभागीलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा राइडिङ पोस्चर, कर्नरिङ प्रविधि, लिनिङ, ब्रेकिङ र भिजन कन्ट्रोलसम्बन्धी सैद्धान्तिक कक्षा सञ्चालन गरिएको थियो । त्यसपछि राइडरहरूले प्रशिक्षकको निर्देशनमा अन–ट्र्याक ड्रिलमार्फत अभ्यास गरेका थिए ।

प्रशिक्षणपछि भएको १६० सीसी वर्गको प्रतिस्पर्धात्मक रेसबाट शीर्ष तीन राइडर छनोट भएका हुन् । जसमा धीरज बि.क. ३४.०७ सेकेन्डको समयसहित विजेता बने । अभिषेक पन्थी ३४.६२ सेकेन्डसहित प्रथम उपविजेता र अरिक श्रेष्ठ ३४.८७ सेकेन्डसहित द्वितीय उपविजेता बने ।

यी तीनै राइडरले ARE GP ग्रान्ड फिनालेमा बुटवलको प्रतिनिधित्व गर्नेछन् । ग्रान्ड फिनालेमा उनीहरूले काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखराका शीर्ष क्वालिफायर्ससँग प्रतिस्पर्धा गर्नेछन् ।

क्वालिफायर्समा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । त्यसपछि विजेता तथा उपविजेतालाई मञ्चमा सम्मान गरिएको थियो ।

बालाजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक विशाल जैसवालले बुटवलमा ७६ जनासम्मको सहभागिताले मोटरस्पोर्ट्सप्रति क्षेत्रको उत्साह देखाएको बताए । उनका अनुसार सहभागीमध्ये धेरै राइडर यसअघि ट्र्याकमा नउत्रिएका भए पनि राष्ट्रिय च्याम्पियनबाट प्रशिक्षण लिएर व्यावसायिक रेसरझैँ प्रतिस्पर्धा गरेका थिए ।

ARE GP को ग्रान्ड फिनालेमा १६० सीसी र २०० सीसी वर्गमा प्रथम स्थान हासिल गर्ने विजेताले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय रेसिङमा नेपालको प्रतिनिधित्व गर्नेछन् । त्यहाँ उनीहरूले ५० भन्दा बढी देशका राइडरसँग प्रतिस्पर्धा गर्नेछन् । सफल राइडरले आफ्नो वर्गमा थप अन्तर्राष्ट्रिय रेसिङमा सहभागी हुने अवसर पाउनेछन् ।

यात्रा तथा आवासको सम्पूर्ण खर्च जगदम्बा मोटर्स (टीभीएस नेपाल) र टीभीएस मोटर कम्पनी, भारतले व्यहोर्नेछन् ।

जगदम्बा मोटर्सले नेपालमा मोटरस्पोर्ट्स संस्कृति निर्माण गर्ने उद्देश्यसहित ARE GP सञ्चालन गर्दै आएको जनाएको छ । कार्यक्रमअन्तर्गत अपाचे ट्र्याक एक्सपेरियन्स, अपाचे रेसिङ क्वालिफायर्स र ARE GP ग्रान्ड फिनाले गरी तीन चरण रहेका छन् ।

अपाचे ट्र्याक एक्सपेरियन्सअन्तर्गत सतुङ्गलस्थित भेहिकल रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा ७–८ वटा खुला प्रशिक्षण सत्र सञ्चालन हुनेछन् । त्यस्तै, अपाचे रेसिङ क्वालिफायर्स काठमाडौं, बुटवल, नेपालगञ्ज, इटहरी र पोखरामा गरी पाँच क्षेत्रमा आयोजना हुनेछन् ।

टीभीएस वान मेक च्याम्पियनसिपमा सहभागी नेपाली रेसरलाई जगदम्बा मोटर्स प्रा. लि. र टीभीएस मोटर कम्पनी, भारतले सहयोग गर्दै आएको छ । मद्रास इन्टरनेसनल सर्किटमा सुजन थापा मगरको जितले यस मार्गको उपलब्धि देखाएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार