Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

जैतुन मिक्स आयुर्वेदिक मसाज तेल बजारमा

जैतुन मिक्स आयुर्वेदिक मसाज तेल बजारमा

अर्थ प्लस
जैतुन मिक्स आयुर्वेदिक मसाज तेल बजारमा

काठमाडौं । पानस हर्बल उद्योगले प्राकृतिक तेल तथा जडीबुटीहरूको मिश्रणबाट तयार ‘जैतुन मिक्स मसाज तेल’ बजारमा उपलब्ध गराएको छ ।

उद्योगका अनुसार यो तेल विभिन्न प्रकारका शारीरिक दुखाइ, मांसपेशी दुख्ने तथा तन्किने समस्या र जोर्नीसम्बन्धी असहजतामा मसाजका लागि प्रयोग गर्न सकिने जनाएको छ  ।

नयाँ जैतुन मिक्स आयुर्वेदिक मसाज तेल प्राकृतिक तेल तथा जडीबुटी जन्य सामग्रीहरूको मिश्रणबाट तयार गरिएको उद्योगले जनाएको  छ ।

यस आयुर्वेदिक मसाज तेलमा जाइफल, लसुन, तुलसी, ल्वाङ, एलोभेरा, अजवाइन, युकालिप्टस, पेपरमिन्ट, भीमसेनी कपूर तथा जैतुन (Olive) लगायतका सामग्रीहरू समावेश गरिएको उल्लेख गरिएको छ ।

मुख्य विशेषताहरू जोर्नी, ढाड, कम्मर, काँध तथा मांसपेशी दुख्ने र तन्किने समस्यामा मसाजका लागि प्रयोग गर्न सकिने उद्योगले जनाएको छ । 

सम्बन्धित समाचार