Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी

कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी

अर्थ प्लस
कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी

काठमाडौँ / कुमारी बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच साझेदारी भएको छ । महिलाको आर्थिक सशक्तीकरण, दिगो वित्त, उद्यम विकास तथा व्यावसायिक उत्थानशीलता प्रवर्द्धन गर्ने उद्देश्यले बैंक र महासंघबीच साझेदारी भएको हो ।

यससम्बन्धी सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार अधिकृत चन्दन कार्की र महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

साझेदारीअन्तर्गत महिला उद्यमीहरूको जिम्मेवार वित्तमा पहुँच विस्तार, उद्यम विकास, दिगो तथा जलवायु उत्थानशील लगानी, डिजिटल समाधान, बजारका अवसर तथा मूल्य शृङ्खलासँगको आबद्धता विस्तारमा विशेष ध्यान दिइनेछ ।

महिला नेतृत्वका उद्यमहरूले सामना गरिरहेका वित्तीय चुनौतीलाई सम्बोधन गर्न नगद प्रवाहमा आधारित कर्जा मूल्याङ्कन, चल सम्पत्तिमा आधारित वित्तीय सुविधा, प्रत्याभूति तथा अन्य जोखिम साझेदारी संयन्त्रलगायत नवीन वित्तीय उपायको सम्भावनासमेत खोजी गरिने बैंकले जनाएको छ ।

कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले साझेदारीले समावेशी तथा दिगो वित्त प्रवद्र्धन गर्दै महिला उद्यमीहरूको वित्त, बजार तथा ज्ञानमा पहुँच विस्तार गर्ने साझा प्रतिबद्धता प्रतिबिम्बित गर्ने बताए ।

उनका अनुसार महिला उद्यमी महासंघ नेपालको सशक्त सञ्जाल र कुमारी बैंकको दिगो बैंकिङ क्षमतालाई एकीकृत गर्दै महिला नेतृत्वका व्यवसायलाई थप वित्तीय रूपमा सक्षम, उत्थानशील र वृद्धि–उन्मुख बनाउन सहयोग गर्ने लक्ष्य राखिएको छ । 

आर्थिक अवसरमा लैङ्गिक समानता प्रवद्र्धन गर्दै थप उत्थानशील, समावेशी र दिगो अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने उद्देश्यले सहकार्य अघि बढाइएको उनले बताए ।

सहकार्यअन्तर्गत संयुक्त सिकाइ, प्रभाव मापन तथा सरोकारवालासँगको संलग्नताका लागि आवश्यक संयन्त्रसमेत विकास गरिनेछ । उद्यम वृद्धि, वित्तमा पहुँच, व्यावसायिक उत्थानशीलता, रोजगारी सिर्जना तथा दिगो व्यवसायिक अभ्यासलाई साझेदारीका प्रमुख क्षेत्रका रूपमा अघि बढाइनेछ ।

कुमारी बैंकले ग्राहककेन्द्रित नवप्रवर्तन, जिम्मेवार बैंकिङ तथा दिगो वित्तमा केन्द्रित हुँदै नेपालको दीर्घकालीन आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको जनाएको छ । 

महिला उद्यमी महासंघसँगको सहकार्यबाट वित्तीय रूपमा सक्षम हरित उद्यमको विकास, सुदृढ मूल्य शृङ्खला निर्माण, रोजगारीका अवसर विस्तार तथा जलवायुमैत्री र दिगो आर्थिक भविष्य निर्माणमा योगदान पु¥याउने बैंकको लक्ष्य छ ।

बैंकका अनुसार देशभर २७९ शाखा, ४१ एक्सटेन्सन काउन्टर, २९४ एटीएम, ४० शाखारहित बैंकिङ इकाइ तथा १ हजार २०० भन्दा बढी पीओएस टर्मिनल सञ्चालनमा छन् ।

बैंकले डिजिटल बैंकिङ प्लेटफर्म, मोबाइल बैंकिङ सेवा, अन्तर्राष्ट्रिय कार्ड सुविधालगायत आधुनिक बैंकिङ सेवामार्फत आफ्ना सेवा थप पहुँचयोग्य बनाउँदै आएको जनाएको छ ।

सम्बन्धित समाचार