बुटवल / युवापुस्ताको ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई जोड्दै आयोजना गरिएको पल्सर आरपीएम बुटवलमा सम्पन्न भएको छ। बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा आयोजित कार्यक्रममा करिब २,५०० जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा बाइक स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, बिबोइङ, ग्राफिटी तथा डिजे प्रस्तुतिलगायत सडक संस्कृतिसँग सम्बन्धित विभिन्न गतिविधि प्रस्तुत गरिएको थियो। पल्सर एन१६० मार्फत गरिएको स्टन्ट प्रदर्शनले कार्यक्रमको आकर्षण थप बढाएको थियो।
स्थानीय कलाकार, राइडर तथा विभिन्न विधाका प्रतिभाको सहभागिताले कार्यक्रमलाई स्थानीय परिवेशसँग जोडेको थियो। स्थानीय डिजे पिज्जा र डिजे नकआउटले प्रस्तुति दिएका थिए।
कार्यक्रममा पल्सर एन१६० र एनएस२०० का डिस्प्ले तथा टेस्ट राइड जोनसमेत राखिएको थियो। सहभागीले मोटरसाइकललाई नजिकबाट अनुभव गर्ने अवसर पाएका थिए भने कफी, खानाका परिकार तथा गिफ्ट पप–अप स्टलले कार्यक्रमलाई थप अन्तरक्रियात्मक बनाएको थियो।
पल्सर आरपीएम मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय प्रतिभा तथा युवा समुदायलाई आफ्नो सीप, रुचि र सिर्जनशीलता प्रस्तुत गर्ने मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको बजाज पल्सरले जनाएको छ।
काठमाडौँमा सुरु भएको पल्सर आरपीएम बुटवलसम्म विस्तार भएको हो। कार्यक्रम सफल बनाउन योगदान पुर्याउने कलाकार, राइडर, डिजे, साझेदार, सञ्चारमाध्यम, आयोजक टोली, विक्रेता तथा सहभागीलाई बजाज पल्सरले धन्यवाद दिएको छ। कम्पनीले पल्सर आरपीएमको यात्रा आगामी दिनमा नयाँ शहर र समुदायसँग जोडिँदै अघि बढ्ने जनाएको छ।
