काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेड र नगरकोट काभ्रेस्थित होटल कन्ट्री भिल्ला प्रालिबीच बैंकका ग्राहकलाई उक्त होटलको सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
बैंकको तर्फबाट ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख पुजन लाल अमात्य र होटलको तर्फबाट फाइनान्स हेड सुरेन्द्र होराले हस्ताक्षर गरेका हुन्। यस सम्झौताअनुसार यस बैंकका ग्राहकले उक्त होटलमा विभिन्न सेवाहरु लिँदा १० प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्ने छन्।
ग्राहकले होटलको आवासीय, खाना तथा पेय पदार्थ उपयोगमा उक्त छुट सुविधा प्राप्त गर्न सक्ने छन्। यस छुट सुविधाअन्तर्गत डिलक्स वर्गका विभिन्न कोठाहरुको आवासीय सेवा लिँदा सप्ताहन्त (शुक्रबार र शनिबार) मा ५ प्रतिशत छुट सुविधा रहेको छ। खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट सुविधा उपलब्ध रहेको छ। अन्य दिनहरुमा भने दुवै सेवामा १० प्रतिशत छुट सुविधाको उपयोग गर्न सक्ने छन्।
यस सुविधाको उपयोग गर्न ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग सेवा (मोबैंक), डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी उक्त छुट सुविधा प्राप्त गर्न सक्ने छन्। उक्त होटलसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।
