काठमाडौं। सामसङले नेपालमा आफ्नो लोकप्रिय ग्यालेक्सी ए सिरिजको एण्ट्री-लेभललाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए जिरो एट फोन नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
कम दाममा राम्रो एआई फिचर, भरपर्दो काम गर्ने क्षमता, बलियो सुरक्षा र लामो समयसम्म चल्ने किफायती फोन खोजिरहेका युवाहरूका लागि यो फोन बनाइएको हो।
सामसङ नेपालका एमएक्स बिजनेशका सिनियर डाइरेक्टर प्रणय रत्न स्थापित भन्छन्, 'नयाँ ग्यालेक्सी ए सिरिजले थप ग्यालेक्सी प्रयोगकर्तासम्म नवीनतम् प्रविधिहरू पुर्याउँदै एआईको पहुँचलाई सर्वसुलभ बनाउने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ। सामसङका आधारभूत क्षमताहरू र उत्कृष्ट असम इन्टेलिजेन्सको संयोजनका साथ ग्यालेक्सी ए जिरो एटले दैनिक जीवनमा भरपर्दो कार्यक्षमता प्रदान गर्ने छ।'
फराकिलो डिस्प्ले
ग्यालेक्सी ए जिरो एटमा ८.० मिमी पातलो बडी र ६.७ इन्चको ठूलो डिस्प्ले रहेको छ। जुन डार्क ब्लु, सिल्भर र ग्रिन गरी तीन उत्कृष्ट रंगहरूमा उपलब्ध छ।
सामसङले यसमा सफा र आकर्षक डिजाइन दिएको छ। जसले दैनिक मिडिया हेर्ने अनुभवलाई अझ उत्कृष्ट र लोभलाग्दो बनाउँछ।
६,००० एम्पिएर को ब्याट्री
पटक(पटक फोन चार्ज गर्ने झन्झटविना आफ्नो काम र मनोरञ्जनलाई निरन्तरता दिन नयाँ ग्यालेक्सी ब्ण्ड मा ६,००० एम्पिएर ९टाइपिकल०को विशाल ब्याट्री राखिएको छ। जसले गर्दा प्रयोगकर्ताहरूले दिनभर निश्चिन्त भएर कन्टेन्ट स्ट्रिमिङ, सोसल मिडिया ब्राउजिङ र गेमिङको मजा लिन सक्ने छन्।
दीर्घकालीन सुरक्षा र टिकाउपन
यो डिभाइस, प्रयोगकर्तालाई लामो समयसम्म भरपर्दो कार्यक्षमता, सुरक्षा र ढुक्कको महसुस गराउने गरी बनाइएको छ। आईपी ६४ रेटेड धुलो र पानी प्रतिरोधी क्षमता भएकाले यो दैनिक जीवनमा हुने धुलो, फोहोर र पानीका छिटाहरूबाट सुरक्षित रहन्छ।
यसको मूल्यलाई अझ दीर्घकालीन बनाउन सामसङले ६ जेनेरेसनसम्म ओएस अपग्रेड र ६ वर्षसम्म सेक्युरिटी अपडेट उपलब्ध गराउने छ। जसले ग्यालेक्सी ए जिरो एटलाई आगामी वर्षहरूसम्म सुरक्षित, अद्यावधिक र नयाँ फिचरहरूले सुसज्जित राखिराख्ने छ।
उपलब्धता र मूल्य

नयाँ स्मार्टफोनमा अपग्रेड गर्ने प्रक्रियालाई सहज र लाभदायक बनाउन सामसङले मासिक किस्ताबन्दीको सुविधा पनि ल्याएको छ।
ग्राहकहरूले प्रतिमहिना मात्र १,७२५ को सजिलो ईएमआईमा नयाँ ग्यालेक्सी ए जिरो एट खरिद गर्न सक्ने छन्। यो झन्झटरहित प्रक्रियाका लागि नागरिकताको प्रमाणपत्र मात्र भए पुग्छ।
