Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, बाेनस र नगद कति ?

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, बाेनस र नगद कति ?

अर्थ प्लस
गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, बाेनस र नगद कति ?

गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभाले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

कास्कीको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्रान्डमा सोमबार (असोज २६ गते) सम्पन्न साधारणसभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस सेयर तथा नगद लाभांशको करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब तथा इक्विटीमा भएको परिवर्तनलगायत सम्बन्धित अनुसूचीहरू पारित गरेको छ।

त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ। १० प्रतिशत बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पुँजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ ९४ पैसा पुग्नेछ।

ISO 9001:2015 र ISO 27001:2022 मान्यता प्राप्त बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम तथा नवीनतम डिजिटल बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आएको छ।

सम्बन्धित समाचार