Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

परराष्ट्रमन्त्री खनालसँग  स्विट्जरल्यान्डकी राजदूत मेउलीकाे शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग  स्विट्जरल्यान्डकी राजदूत मेउलीकाे शिष्टाचार भेटवार्ता

अर्थ प्लस
परराष्ट्रमन्त्री खनालसँग  स्विट्जरल्यान्डकी राजदूत मेउलीकाे शिष्टाचार भेटवार्ता

असाेज २७- परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डा. ड्यानिएल मेउलीबीच परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका अवसरमा उहाँहरूबीच नेपाल र स्विट्जरल्यान्ड बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा बहुआयामिक सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

यसै वर्ष नेपाल र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदैछ । सन् १९५६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

दुई मुलुक बीच थप सहकार्य गर्ने विषयमा पनि कुराकानी भएकाे थियाे ।

सम्बन्धित समाचार