Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

दसैँमा शुद्ध पानी र स्वस्थ जीवनशैली अपनाउन ‘केन्ट आरओ’ को आह्वान

दसैँमा शुद्ध पानी र स्वस्थ जीवनशैली अपनाउन ‘केन्ट आरओ’ को आह्वान

अर्थ प्लस
दसैँमा शुद्ध पानी र स्वस्थ जीवनशैली अपनाउन ‘केन्ट आरओ’ को आह्वान

काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा पानी शुद्धीकरण प्रविधिमा अग्रणी ब्रान्ड केन्ट आरओ (KENT RO) ले यस वर्षको दसैँलाई अझ स्वस्थ, सुरक्षित र यादगार बनाउन शुद्ध पानीसँगै परिवारको स्वास्थ्य र खुसी मनाउन सबैमा आह्वान गरेको छ।

दसैँ केवल टीका र जमराको पर्व मात्र नभई परिवार तथा आफन्तजनसँग समय बिताउने, मीठा परिकार बाँड्ने र खुसी साटासाट गर्ने विशेष अवसर भएकाले यस्तो महत्वपूर्ण समयमा सफा, शुद्ध र सुरक्षित पिउने पानी दैनिक जीवनको अभिन्न हिस्सा बन्नुपर्ने कम्पनीले जनाएको छ।

‘शुद्ध पानी, स्वस्थ भोलिका लागि’ (Pure Water for a Healthier Tomorrow) भन्ने मूल प्रतिबद्धतासहित केन्ट आरओले आधुनिक प्रविधिमार्फत पानीमा रहेका हानिकारक अशुद्धता हटाउँदै मानव शरीरलाई आवश्यक पर्ने खनिज तत्वहरू (Essential Minerals) कायम राख्ने गरी आफ्ना विभिन्न ‘वाटर प्युरिफायर’ समाधानहरू उपलब्ध गराउँदै आएको छ ।


केन्ट आरओका प्रमुख विशेषताहरू:
अत्याधुनिक प्रविधिले पानीमा रहेका हानिकारक तत्व तथा अशुद्धता हटाएर पूर्ण रूपमा सुरक्षित पानी उपलब्ध गराउँछ।

पानी शुद्धीकरणसँगै शरीरका लागि आवश्यक खनिज तत्वहरू नष्ट हुन नदिई पानीको स्वाभाविक पौष्टिक गुण जोगाइराख्छ।

सुरक्षित हुनुका साथै दैनिक पिउनका लागि पानीलाई सहज र स्वादिलो बनाउँछ।

पानी शुद्धीकरणको क्षेत्रमा २५ वर्ष लामो अनुभव, प्रविधि र गुणस्तरप्रति प्रतिबद्धता जनाउँदै लाखौँ परिवारको भरोसा जित्न सफल यस ब्राण्डले आफ्ना उत्पादनहरूमा कम्पनीले १२ महिनाको वारेन्टी समेत प्रदान गरेको छ ।

सम्बन्धित समाचार