Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

आजको मौसम : हिमाली र पहाडी भेगमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

आजको मौसम : हिमाली र पहाडी भेगमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

अर्थ प्लस
आजको मौसम : हिमाली र पहाडी भेगमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ / हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। 

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग साथै देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। 

देशको हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्ने, पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ तथा तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

सम्बन्धित समाचार