Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
बैंकवित्त

नेपाल बैंक लिमिटेडको ६४ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल बैंक लिमिटेडको ६४ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल बैंक लिमिटेडको ६४ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल बैंक लिमिटेडको ६४ औं वार्षिक साधारण सभा सम्पन्न  हिजो पुस २९ गते आइतबारका दिन सम्पन्न भएको छ । 

नेपाल बैंक लिमिटेड, प्रधान कार्यालयमा सञ्चालक समितिका अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीको अध्यक्षतामा बैंकको ६४ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । 

आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९/८० को नाफा÷नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गर्दै सम्पन्न भएको छ ।
 
त्यसैगरी, सभाले महालेखापरीक्षकको कार्यालयबाट  पुस २९ गते प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८०÷८१ को लेखापरीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्ट प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेको जनाएको छ । 

सम्बन्धित समाचार