Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदन सार्वजनिक, ९५ अर्ब ६० करोड बेरुजु (पूर्णपाठ)

महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदन सार्वजनिक, ९५ अर्ब ६० करोड बेरुजु (पूर्णपाठ)

अर्थ प्लस
महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदन सार्वजनिक, ९५ अर्ब ६० करोड बेरुजु (पूर्णपाठ)

काठमाडौं, जेठ १३ । महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९–८० को ६१ औं वार्षिक प्रतिवेदनमार्फत यो वर्ष सङ्घीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेतको ७८ खर्ब ८१ अर्ब ६० करोड रुपैयाँको लेखापरीक्षण सम्पन्न भएको हो ।

सोबाट संघ, प्रदेश र स्थानीय तहसमेतको लेखापरीक्षणबाट ९५ अर्ब ६० करोड बेरुजु कायम भएको छ । सोमध्ये ३ हजार २७७ सङ्घीय सरकारी निकायको २४ खर्ब ६१ अर्ब ११ करोड लेखापरीक्षणबाट ४६ अर्ब ५३ करोड अर्थात् १.८९ प्रतिशत बेरुजु देखिएको छ ।

प्रदेशतर्फ १ हजार २७० कार्यालयको ३ खर्ब २३ अर्ब ३४ करोडको लेखापरीक्षणबाट ६ अर्ब ५७ करोड अर्थात् २.०३ प्रतिशत र स्थानीय तहतर्फ यस वर्षको ७४६ र बक्यौता २ समेत ७४८ को रू.११ खर्ब ३९ अर्ब १९ करोडको लेखापरीक्षणबाट रू. ३१ अर्ब २ करोड अर्थात् २.७२ प्रतिशत बेरुजु देखिएको छ । समिति र अन्य संस्थातर्फ ( सङ्गठित संस्था ९३ समेत) ३१० निकायको ३९ खर्ब ५७ अर्ब ९६ करोडको लेखापरीक्षण भएकोमा ११ अर्ब ४८ करोड बेरुजु कायम भएको छ । सोको अतिरिक्त ४२ सङ्गठित संस्थाको लेखापरीक्षणको लागि परामर्श उपलब्ध गराएबमोजिम १४ खर्ब ८८ अर्ब ५६ करोडको लेखापरीक्षण भएको छ ।

गत वर्षसम्मको बाँकी बेरुजु ५ खर्ब ८७ अर्ब ३४ करोड रहेकोमा समायोजन तथा फस्र्यौट गरिएको अङ्क घटाई यो वर्ष थप भएको समेत गरी ६ खर्ब ६९ अर्ब ८६ करोड बेरुजु बाँकी रहेको छ । लेखापरीक्षण तथा सम्परीक्षणबाट यो वर्ष २२ अर्ब १७ करोड असुल भएको छ । सङ्घीय कार्यालयहरूको सम्परीक्षणबाट असुल भएको रकमको अङ्क प्राप्त भएको छैन । अद्यावधिक कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम गत वर्षसम्म ३ खर्ब ७२ अर्ब ४५ करोड रहेकोमा यो वर्ष १ खर्ब ४० अर्ब ९५ करोड थप भई ५ खर्ब १३ अर्ब ४० करोड कायम भएको छ । अद्यावधिक बेरुजुमा कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम थप गर्दा११ खर्ब ८३ अर्ब २६ करोड पुगेको छ । गतवर्ष यस्तो रकम ९ खर्ब ५९ अर्ब ७९ करोड रहेको थियो । गत वर्षको तुलनामा कारबाही गरी टुङ्गो लगाउनुपर्ने कुल रकम २३.२८ प्रतिशतले बढेको छ ।

सङ्घीय सरकारी निकायतर्फ विगत ३ वर्षको लेखापरीक्षण र बेरुजु रकमको तुलना गर्दा आर्थिक वर्ष २०७७ । ७८,२०७८ । ७९ र २०७९ । ८० मा लेखापरीक्षण अङ्गको तुलनामा क्रमशः १.७६ र २.३९ प्रतिशत बैरुजु रहेकोमा यो वर्ष १.८९ प्रतिशत कायम भएको छ । प्रदेश सरकारतर्फ यो वर्ष लेखापरीक्षण अङ्कको तुलनामा २.०३ प्रतिशत बेरुजु देखिएको छ, जुन गत वर्ष २.३० प्रतिशत रहेको थियो । प्रदेशतर्फ गत वर्ष १ अर्ब ९ करोड ९३ लाख सम्परीक्षण भएकोमा यो वर्ष २ अर्ब ४७ करोड ५७ लाख सम्परीक्षण भएको छ । त्यस्तैगरी स्थानीय तहतर्फ यो वर्ष लेखापरीक्षण अङ्कको तुलनामा २.७२ प्रतिशत बेरुजु रहेको छ । गत वर्ष यस्तो बेरुजु लेखापरीक्षण अङ्कको तुलनामा ३.८८ प्रतिशत रहेको थियो । स्थानीय तहतर्फ गत वर्ष ६ अर्ब ५९ करोड ७९ लाख सम्परीक्षण भएकोमा यो वर्ष १० अर्ब १६ करोड २२ लाख सम्परीक्षण भएको छ ।

https://drive.google.com/file/d/1LKpVV2HxoXipDw_zXyaafdNSXvrshYan/view?usp=drive_link

 

 

 

 

सम्बन्धित समाचार