Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
अटो

एमजीको इभी गाडीमा विद्युतको तार शर्ट भई आगलागी भएको कम्पनीको ठहर

एमजीको इभी गाडीमा विद्युतको तार शर्ट भई आगलागी भएको कम्पनीको ठहर

एमजीको इभी गाडीमा विद्युतको तार शर्ट भई आगलागी भएको कम्पनीको ठहर

एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोर्टस प्रा लिले एक विज्ञप्ति जारी गर्दै देउवाचोकमा सवारी साधन आगोलागी भई नष्ट भएको घटनालाई लिएर उक्त गाडीको ब्राण्ड र  कम्पनीको समेत नाम उल्लेख भई विभिन्न संचार माध्यममा प्रकाशित समाचार, सामाजिक सञ्जालमा भएको टिप्पणी प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ। 

कम्पनीले एमजी कम्पनीको सवारी साधन मध्ये दर्ता नं प्रदेश ०१–०२७ ख १५८१ नम्बरको म्य्म जी जेटएस इभी गाडी मिति पुस ०९ गते काठमाडौँ जिल्ला बुढानीलकण्ठ नगरपालिका वडा नं ३ देउवाचोकमा आगोलागी भई नष्ट भएको घटनालाई  विद्युतको तार शर्ट भई आगलागी भई पूर्ण रुपमा जलेको प्रारम्भिक रुपमा देखिएको बताएको छ। 

कम्पनीले भनेको छ ,ुप्राविधिक कर्मचारी समेतको टोलि स्थलगत रुपमा घटनास्थलमा अवलोकन गरी हेर्दा र स्थानीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट भएको सर्जिमिन मुचुल्का र प्रभागको पत्र व्यहोरा समेतमा भएको विवरण अनुसार उक्त घटनामा जलेको गाडी विद्युत प्रबाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पार्किङ  गरी साँझ ६ः०० बजे देखि चार्जमा राखेको अवस्थामा बिहान १ः१५ बजेको समयमा एक्कासी विद्युतको तार शर्ट भई आगलागी भई पूर्ण रुपमा जलेको प्रारम्भिक रुपमा देखिएको र बुझिएको छ 

तेस्तै कम्पनीले एम जि ब्राण्डका चार पांग्रे गाडीहरु उच्चतम् प्रविधिको प्रयोग गरी सुरक्षित रुपमा निर्माण गरि विश्वव्यापी रुपमा प्रयोग भइरहेको ठहर गरेको छ। 

सम्बन्धित समाचार