Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images
समाचार

१० महिनापछि चितवनमा दुई जनामा कोरोना पुष्टि

१० महिनापछि चितवनमा दुई जनामा कोरोना पुष्टि

१० महिनापछि चितवनमा दुई जनामा कोरोना पुष्टि

चितवन, २ माघ । चितवनमा १० महिनापछि दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना पुष्टि भएको हो। 

निमोनियाका कारण उपचारका लागि अस्पताल आएका वृद्धको कोरोना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको हो। उनलाई अस्पतालमै राखेर उपचार सुरु गरिएको सूचना अधिकारी पौडेलले बताए।  

२९ वर्षीय पुरुषलाई होम आइसोलेसनमा राखिएको उनले जानकारी दिए। जिल्लामा १० महिनापछि पुनः कोरोनाको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिएका छन्।

कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य कार्यालय चितवनले सबैलाई सतर्कता अपनाउनका लागि आग्रह गरेको छ।

सम्बन्धित समाचार