Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

मार्सी धानमा सकारको ध्यान

मार्सी धानमा सकारको ध्यान

अर्थ प्लस
मार्सी धानमा सकारको ध्यान

काठमाडौं, जेठ १५ । मार्सी धानको विकास र विस्तारको लागि सरकारले विशेष रुपमा जोड दिने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणको क्रममा आगामी वर्ष मार्सी धानको विकास र विस्तार गरिने घोषणा गरेका हुन् ।

जुम्लामा मात्र फल्ने मार्सी धान १ हजार ४ सय हेक्टरमा लगाइन्छ । औसतमा प्रतिहेक्टर १ दशमलव ८ टन मार्सी उत्पादन हुन्छ । बर्सेनि २६ करोड रुपैयाँ बराबरको धान फल्छ ।

मार्सी धानको खेतीका लागि पर्याप्त पानी चाहिन्छ । जुम्लामा १ सय ८० दिनमा धान पाक्छ । जुम्ली मार्सी धानको खेती चैत महिनामा सुरु भएर कात्तिक महिनामा फल भित्र्याइन्छ ।

 

सम्बन्धित समाचार