अर्थ प्लस
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीयता कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रिय सभाबाट इमान्दारीका साथ पूरा गर्ने बताएका छन् ।
आज विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संघीताको लाभ जनताले अनुभूत गर्न नसकेको भन्दै कानुन अभावमा संघीयता कार्यान्वयन नभएकोले अब त्यस्तो अवस्था रहन नहुने बताए ।
लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार संघीयता कार्यान्वयन गर्नुपर्नेमा जोड दिंदै सिटौलाले भने, ‘यो व्यवस्था जनताका लागि आएको हो । जुन संकल्प गरेर यो व्यवस्था ल्याएका हौं त्यसअनुसार काम गर्न सकेका छैनौं, त्यो उद्देश्य पूरा गर्नेतर्फ हामी जिम्मेवारीका साथ राष्ट्रिय सभामा गएर काम गर्नेर्छौ ।
संघीयता कार्यान्वयन नहुँदा प्रदेश सरकार सरकारजस्तो नभएर विकास एजेन्सी जस्तो हुन पुगेको भन्दै उनले प्रदेशलाई अधिकारसम्पन्न बनाएर सरकारजस्तो बनाउन भूमिका खेल्ने बताए ।
