Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
बैंकवित्त

सोनापुर मिनरल्स् एण्ड आयलले डाक्यो साधारण सभा, के के छन् प्रस्ताव ?

सोनापुर मिनरल्स् एण्ड आयलले डाक्यो साधारण सभा, के के छन् प्रस्ताव ?

सोनापुर मिनरल्स् एण्ड आयलले डाक्यो साधारण सभा, के के छन् प्रस्ताव ?

काठमाडौ, ४ माघ । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले साधारणसभा आवहान गरेको छ। 

कम्पनीको माघ ३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १६औं वार्षिक साधारण सभा माघ २६ गते शुक्रबार गर्ने तय गरेको हो।  सभा घोराही उपमहानगरपालिका वार्ड नं १५, दाङ्गको होटल माला इनमा बिहान १० बजे बोलाएको छ। 

सभाले आ.व. २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ।  तेस्तै, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७९/०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।  साथै आर्थिक वर्ष २०८० / ०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने पनि भनिएको छ। 

यी बाहेक यस कम्पनीका आधारभुत सेयरधनी वा संचालक सम्बद्ध रहेको संस्थासँग तथा यसै संस्थासँग सम्बद्ध कम्पनीसँग गरेको कारोबार विवरणलाई अनुमोदन गर्ने प्रस्तव उपर छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ। 

साधारण सभाले सर्वसाधारण शेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पद - २ (दुई) को निर्वाचन गर्ने पनि कार्यक्रम रहेको छ  । साथै ,प्रबन्ध संचालक तथा अन्य संचालकहरुको सेवा सुविधा सम्बन्धमा छलफल गरी पारित गर्ने पनि तय गरिएको छ। 

सभमा बिशेष प्रस्तावको रुपमा कम्पनीको उद्देश्य थप (संशोधन) गर्ने, कम्पनीको प्रबन्धपत्रको दफा ४ को उपदफा १ मा संशोधन गर्ने,प्रबन्धपत्र संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम थपघट, परिवर्तन वा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी र सञ्चित मुनाफा (फ्रि रिजर्भ ) को जम्मा रकम भन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने पनि प्रस्ताव रहेका छन्। 

साधारण सभामा भाग लिने प्रयोजनका लागि कम्पनीले माघ १२ गते  शुक्रबारलाई बुक क्लोज मिति तोकेको छ । अर्थात माघ ११ गते नेपाल स्टक एक्सचेन्ज सम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन्।  

सम्बन्धित समाचार