Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अर्थ प्लस
आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं, असार ४ । आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ । 

कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । 

 गत असार २ गते आयोजित कार्यक्रममा कम्पनीका तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

जारी पूँजी रकम १ अर्ब ७८ करोड ५८ लाख रुपैयाँको ३० प्रतिशतले हुन आउने ५३ करोड ५७ लाख ४० हजार रुपैयाँ शेयर पूँजी बराबरको १०० रुपैयाँ अंकित दरको ५३ लाख ५७ हजार ४०० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई बिक्री गर्ने कम्पनीले बताएको छ । 

कम्पनीले लगानीको वातावरण बनाएर विभिन्न बैंकसँगको सहकार्यमा काठमाडौको बल्खुमा करिब ३६ रोपनीभन्दा बढि जग्गा खरिद गरेको छ । कम्पनीले उक्त जग्गामा व्यापारीक भवन निर्माण गरिसकेको छ ।

उक्त भवनमा जम्मा २ हजार १५२ पसल छन् भने सिभिलतर्फको ८६ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ । आगामी वर्षहरूमा थप आर्थिक पूर्वाधार लगायत जलविद्युत आयोजनाहरूमा समेत लगानी गर्दै जाने योजना रहेको कम्पनीले बताएको छ । 

 

सम्बन्धित समाचार