Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

विश्व बैंकको ८० मिलियन डलर ऋण स्वीकार गर्ने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका २१ निर्णय

विश्व बैंकको ८० मिलियन डलर ऋण स्वीकार गर्ने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका २१ निर्णय

अर्थ प्लस
विश्व बैंकको ८० मिलियन डलर ऋण स्वीकार गर्ने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका २१ निर्णय

काठमाडौं, असार १० । सरकारले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको ऋण लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो । 

यसैगरी, सरकारले स्थानीय पूर्वाधार सहयोग कार्यक्रमअन्तर्गत बेलायत सरकारबाट प्राप्त हुने थप ८.१ मिलियन पाउण्ड स्टर्लिङ बराबरको अनुदान सहायतासमेत लिने निर्णय गरेको छ ।

उक्त रकम कर्णाली प्रदेशमा गएको पछिल्लो भूकम्पको कारण भएको क्षतिको पुनर्निमाण र पुनर्स्थापनाका लागि रहेको सरकारका प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

त्यस्तै, असार २७ गतेदेखि २९ सम्म चीनको बेइजिङमा आयोजना हुने उच्चस्तरीय सम्मेलनमा अर्थमन्त्री बर्षमान पुन जाने भएका छन् । सरकारको आज बसेको बैठकले उनको भ्रमण स्वीकृत गरेसँगै मन्त्री पुन बेइजिङ जाने पक्का भएको हो । 

सरकारले आर्थिक वर्ष २०८०/८१ मा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदानतर्फ विनियोजन भएको रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ । 

वित्तीय समानीकरण अनुदानतर्फ विनियोजित कुल रकम ८७ अर्ब ३५ करोड २९ लाखको ९३ प्रतिशतले हुने रकम ८१ अर्ब २३ करोड ८१ लाखमध्ये ६४ अर्ब २४ करोड ५९ लाख हस्तान्तरण भइसकेको छ । त्यस्तै, हस्तान्तरण हुन बाँकी रकम १६ अर्ब ९९ करोड २२ लाख रुपैयाँ पनि तत् स्थानीय तहमा सोही अनुपातको आधारमा हस्तान्तरण गरिने मन्त्री शर्माले बताइन् । 

त्यस्तै, सरकारले विद्युत नियमन आयोगको रिक्त अध्यक्ष पदमा डा. रामप्रसाद धिताललाई नियुक्त गरेको छ ।

साथै, रिक्त २ सदस्य पदमा डा. मधुसुधन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गरिएको मन्त्री शर्माले जानकारी दिइन् । 

यसैगरी, राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा डा. राजेन्द्रप्रसाद यादवलाई नियुक्त गरिएको छ । 

सरकारले नेपाल कृषि अनुसन्धान परिषद्‌ (नार्क) कार्यकारी निर्देशक नियुक्तिको लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरिएको मन्त्री शर्माले बताइन् । 

0.jpg

1719231896-hiV4c.jpg

8.jpg

सम्बन्धित समाचार