Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

विदेशी लगानीका लागि उपयुक्त आधार बनेको छः अर्थमन्त्री

विदेशी लगानीका लागि उपयुक्त आधार बनेको छः अर्थमन्त्री

अर्थ प्लस
विदेशी लगानीका लागि उपयुक्त आधार बनेको छः अर्थमन्त्री

काठमाडौं, असार १७ । अर्थमन्त्री वर्षमान पुन अनन्तले गत वैशाखमा सम्पन्न तेश्रो लगानी सम्मेलनले नेपालमा विदेशी लगानीका लागि उपयुक्त आधार रहेको सन्देश दिएको बताएका छन् ।

प्रतिनिधिसभामा सोमबार नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले लगानी सम्मेलन सफल भएको बताए । उनले लगानी सहजीकरणका लागि कानून संशोधन भएको, इनभेष्टमेन्ट गाइड तथा सेक्टोरल प्रोफाइलहरु तयार भएका, सार्वजनिक निजी साझेदारीमा निर्माण गर्न विभिन्न क्षेत्रका १ सय ५० भन्दा बढी आयोजनाहरु प्रस्तुत गरिएको, १९ वटा परियोजनाको इओआई आव्हान गरिएको तथा परियोजना बैंकलाई अध्यावधिक गरिएको जानकारी दिए ।

निजी क्षेत्रका छाता संगठनहरुको समेत सहआयोजनामा सम्पन्न सम्मेलनले निजी क्षेत्रको मनोबल वृद्धि भएको तथा प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लगायत विशिष्ट पदाधिकारी तथा स्वदेशी निजी क्षेत्रका संघ संगठनहरुले भेटघाट तथा छलफल गरेको उनको भनाइ थियो । बैठकमा सांसद् सुवालले वैशाख १६ र १७ गते सम्पन्न तेस्रो लगानी सम्मेलनको उपलब्धीबारे प्रश्न सोधेका थिए ।

सम्बन्धित समाचार