Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
कर्पोरेट

हिमालयन रि इन्स्योरेन्स कम्पनीले भारतमा पनि पुनर्बीमा व्यवसाय गर्न पाउने

हिमालयन रि इन्स्योरेन्स कम्पनीले भारतमा पनि पुनर्बीमा व्यवसाय गर्न पाउने

हिमालयन रि इन्स्योरेन्स कम्पनीले भारतमा पनि पुनर्बीमा व्यवसाय गर्न पाउने

काठमाडौं, ६ माघ । निजी क्षेत्रबाट स्थापित नेपालको पहिलो पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स कम्पनीले भारतमा पनि पुनर्बीमा व्यवसाय गर्न पाउने भएको छ । भारतको बीमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले एफआरएन नम्बर प्रदान गरेसँगै कम्पनीले भारतमा पनि पुनर्बीमा व्यवसाय पाउने भएको हो । 

हिमालयन रिइन्स्योरेन्सको निवेदनमाथि आईआरडीएआईले मंगलबार स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ । 

हिमालयन रिइस्योरेन्सले विज्ञप्ति जारी गर्दै स्थापनाको छोटो समयमा नै कम्पनीले ३१ वटा देशमा व्यवसाय विस्तारको अनुमति प्राप्त गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमा कम्पनी बन्न सफल भएको उल्लेख गरेको छ । हिमालयन रिइन्स्योरेन्सले भारतमा स्वीकृति पाएसँगै पुनर्बीमा व्यवसायलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएको छ । 

केही साताअघि मात्रै सर्वसाधारणमा सार्वजनिक सेयर निष्कासन प्रक्रिया पूरा गरी नेप्सेमा सूचीकृत सो कम्पनीले स्वदेशी तथा विदेशी पुनर्बीमा कम्पनीसँग पनि आवश्यकताअनुसार हिमालयनले पुनर्बीमा ब्रोकरको रूपमा पनि सेवा लिने दिने काम गर्दछ । विदेशबाट पुनर्बीमा व्यवसाय ल्याउन सक्ने तथा स्वदेशी बिमकहबाट समेत पुनर्बीमा कम्पनीलाई व्यवसाय सुनिश्चित गरिएको छ ।

नेपालका सबै बीमा कम्पनीहरुले स्वदेशी कम्पनीमै पुनर्बीमा गराउनुपर्ने बाध्यकारी व्यवस्था बीमा ऐनमा गरिएको छ । जीवन बीमा, मोटर, कृषि पशुपन्छी तथा जडिबुटी, हुलदंगा तथा आतंकवादीजस्ता बीमा स्वदेशमै शतप्रतिशत पुनर्बीमा गर्नुपर्ने व्यवस्था छ । स्वदेशी पुनर्बीमा कम्पनीहरुले अस्वीकार गरेका जोखिमको मात्रै विदेशी कम्पनीमा पुनर्बीमा गर्न पाउने व्यवस्था छ ।

सम्बन्धित समाचार